आर्यानले लुकाएको लुक्स स्वस्तिमाले सार्वजनिक गरिन्

फिल्म ‘हजार जुनीसम्म’ मा नायक आर्यान सिक्देल नयाँ लुक्समा प्रस्तुत हुँदैछन् । यो नयाँ लुक्स आर्यानले निकै मिहेनत गरेर बनाएका हुन् । त्यसैले उनले आफ्नो नयाँ लुक्सलाई लुकाएर राखेका थिए ।

तर आर्यनले लुकाएको लुक्स फिल्मकै नायिका स्वस्तिमा खड्काले सार्वजनिक गरिदिएकी छन् । आइतबार आफ्नो इन्स्टा स्टोरीमा स्वस्तिमाले आर्यनको उक्त लुक्स सार्वजनिक गरेकी हुन् । स्वस्तिमाको स्टोरीबाट आर्यनको लुक्स बाहिरिएको खबर यतिबेला अनलाइन मिडियामा छाइरहेको छ। आर्यन यस अवतारमा फुलेको कपाल र दाह्री छमा छन् । फिल्म ‘हजार जुनीसम्म’ मा आर्यान स्वस्तिमाको बाबुको भुमिका निभाउँदै छन् । उसो त आर्यनले फिल्म ‘होमर्वक मा वृद्ध अवस्थाको भूमिका निभाइसकेका छन् ।

विकास राज आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनी सम्म’ मा आर्यन र स्वस्तिमा सँगै अभिनेत्री निरुता सिंह, नायक सलोन बस्नेत लगायतको अभिनय रहेको छ । फिल्मको यतिबेला छायाँकन चल्दैछ । फिल्ममा निर्देशक दिपाश्री निरौलाले पनि एक गीतमा नृत्य प्रस्तुत गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha