विश्व भरका दर्शक माझ ‘मिस्टर झोले’ (पुरा फिल्म)

गत साल प्रदर्शनमा आएको फिल्म मिस्टर झोले युटुवमा अपलोड भएको छ । नयाँ अंग्रेजी वर्षको अवसर पारेर यो कमेडी फिल्मलाई आइतबार विश्वभरका दर्शकमाझ सार्वजनिक गरिएको हो ।

रामबाबु गुरुंग निर्देशित फिल्म मिस्टर झोले मा दयाहांग राई, दिया पुन, बर्षा राउत, पुष्कर गुरुंग, बुद्धि तामांग, प्रविण खतिवडा, बिजय बराल, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको छ । फिल्मलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनले बनाएको हो ।

मिस्टर झोले ले सार्वजनिक प्रदर्शनमा दर्शकको साथ राम्रै पाएको थियो भने युटुवमा चौविस घण्टा नबित्दै साढे ८ लाख बढीले हेरेका छन् । नेपाल ट्रेन्डिंका दश नम्वरमा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha