‘चौका दाउमा सन्तोष पन्तसँग नर्भस भएँ’ : रविन्द्र झा

जनकपुरका रबिन्द्र झा स्कुले जीवनमै नाटकमा सक्रिय थिए । त्यतिबेला उनलाई कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’ खुबै मन पथ्र्यो । उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाईलले अभिनय पनि गर्थे । उनलाई जीवनमा एक पटक भए पनि सन्तोष पन्तसँग काम गर्ने धोको त्यतिबेला नै थियो ।

त्यो धोको यतीबेला फिल्म चौका दाउ मार्फत पुरा भएको रबिन्द्रले बताएका छन् । सञ्चारकर्मीसँग गफिँदै रबिन्द्रले भने, ‘सन्तोष पन्त दाईसँग हिजो आजका कुरामा अभिनय गर्न साह्रै रहर थियो तर त्यो कार्यक्रम बन्द भयो । फिल्म चौका दाउमा उहाँसँग काम गरेर हिलो आजका कुरामा अभिनय गर्ने धोको मेट्न पाएँ ।’ ‘चौका दाउ’मा पहिलो दिन सन्तोष पन्तसँग काम गर्दाको अनुभवबारे रबिन्द्रले भने,‘उहाँ साह्रै बरिष्ठ कलाकार भएकाले पहिलो दिन काम गर्न साह्रै गाह्रो प¥यो र म निक्कै नर्भस भएँ । तर सन्तोष दाई यती चाँडै नजिक हुनुभयो की भोली पल्टबाट उहाँसँग काम गर्न मलाई सजिलो हुँदै गयो ।’

यो फिल्ममा सन्तोष पन्त सहित आफु, तैयब शाह, विल्सन बिक्रम राई र अजश्र ढुँगाना गरी पाँचै जना कलाकारले उर्वषी अर्थात वर्षा राउतलाई मन पराएर उनको पछि लाग्ने भूमिका निर्वाह गरेको पनि रबिन्द्रले बताए, ‘वर्षाको पाँच पाण्डबको रुपमा हामी छौं । जसमध्ये म युधिष्ठिर जस्तो सोझो छु भने सन्तोष दाई अर्जुन जस्तो चलाख र चतुर बन्नु भएको छ, तैयब दाई पनि उर्वषी भनेपछि सबै कुरा छाडेर उसकै पछि लाग्ने माहिर व्यापारीको रुपमा हुनुहुन्छ ।’ रबिन्द्रले हाँस्दै भने,‘सन्तोष पन्त र तैयव शाहजस्ता बरिष्ट कलाकारहरुले केटीको पछि लाग्ने अल्लारे भूमिका गर्दा उहाँहरुको अघि त हामी फिक्का पो हुँदा रहेछौं ।’ फिल्म यही पुष २७ बाट प्रदर्शनमा आउँदैछ ।

सौर्यजीत बाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको फिल्म चौका दाउको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बाँस्कोटा हुन् । यो फिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha