के निखिल उप्रेतीले ‘भिलेन’ बाट हात झिकेका हुन् ?

निखिल उप्रेती स्टारर फिल्म ‘भिलेन’ पौष २७ गते देखि रिलिज हुँदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा काठमाडौंमा मंगलबार प्रेस मिट आयोजना गरिएयो । उक्त कार्यक्रममा नायक उपे्रती भने सहभागी भएनन् ।

फिल्मको मुख्य नायक नै किन प्रेसमिटमा आएनन् त ? ‘निखिल जी ढाका टोपी दिवसको कार्यक्रमा व्यस्त हुनु हुन्छ । उँहाले हामीलाई पहिल्यै जानकारी दिनु भएको थियो । आज उपस्थित नभएपनि फिल्मको प्रमोशनमा उहाँ हिड्नु हुन्छ ।’ प्रेसमिटमा उपस्थित फिल्मका सदस्यले भने । फिल्म युनिटसँग चिसो सम्बन्ध भएर नआउनु भएको हो ? भन्ने अर्को प्रश्नमा ती सदस्यले भने ‘त्यस्तो केहि होइन त्यस्तो केहि समस्या छैन । हामीले कार्यक्रम हिजो राख्ने कुरा भएको थियो तर भएन । उहाँको कार्यक्रय व्यस्तताले नआउनु भएको हो । फिल्ममा उहाँकै आवाज छ ।’ निर्माण पक्षले निखिलसँग सम्बन्ध सुमधुर रहेको दाबी गरेको छ । तर फिल्म नगरीमा भने भिलेनबाट निखिलले हात झिकेको चर्चा छ ।

ढाका टोपी दिवस परेकाले नायिका शिल्पा पोखरेलले प्रेसमिटमा उपस्थित सबैलाई ढाका टोपी लगाइदिइन् । भिलेन फिल्मबाट आफु निकै नै आशावादी रहेको समेत शिल्पाले बताइन् । भिलेन मा कोही पनि भिलेन छैन । ‘समय, समाज र परम्परा नै हाम्रो भिलेन हो’, भिलेन बारे शिल्पाले प्रष्ट्याइन् । शिल्पासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

फिल्ममा निखिल र शिल्पा सँगै निशा अभिकारी, कपिल खत्री लगायत कलाकारको अभिनय रहेको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्म भिलेन मा दिपक श्रेष्ठ र सुरज खड्का कार्यकारी निर्माताको रुपमा रहेको छन् । निर्मातामा कपिल खत्री र बादा बहादुर श्रेष्ठ छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha