‘बुबासँग काम गर्न डराएँ’ : आलिया भट्ट

सञ्जय दत्त र पूजा भट्ट स्टारर फिल्म ‘सडक’को सिक्वल बनाउने तयारी भैरहेको छ । महेश भट्टले निर्देशन गर्ने फिल्ममा उनको छोरी आलिया भट्ट लिड रोल गर्दैछिन् ।

आलियाले पहिलो पटक आफनो बुबाको निर्देशनमा काम गर्न लागेकी हुन् । आलियाले बुबाको निर्देशनमा काम गर्न थोरै डर लागेको बताएकी छन् । उनले भनिन्, ‘बुबासँग दिनकै सम्पर्कमा रहँदा पनि ‘सडक २’ मा यात्रा सुरु गर्नु भन्दा पहिला थोरै डराईरहेको छु ।’ उनले थपिन् ‘मैंले आफनो अगाडि एक पर्खाल बनाए भन्ने मेरो बुबा सोच्नु हुन्छ । जसलाई उहाँ तोड्न चाहनु हुन्छ ।’ सन् १९९१ मा बनेको रोमान्टिक फिल्म सडक महेश भट्टले निर्देशन गरेका थिए । महेश भट्ट बीस वर्ष पछि आलियाको लागि निर्देशनमा फर्किएका हुन् ।

‘सडक २’ को केहि समय पछि टीजर रिलिज हुनेछ, भने फिल्म २०२० मार्चमा हुनेछ । फिल्ममा आलियाको साथै आदित्य राय कपूर, पूजा भट्ट, सञ्जय दत्त लगायत कलाकारहरुको अभिनय रहने छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha