‘रणवीर’ खेल्न किन राजी भइन् सुबेक्षा खड्का ?

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको उपाधी जितेकी सुबेक्षा खड्कालाई पहिले फिल्म अफर नगरिएको होइन तर फिल्म ’रणवीर’ मार्फत डेब्यु गर्दैछिन । फिल्म खेलाउन सुबेक्षालाई धेरै मेकर्सको प्रस्ताव गरे ।

‘मलाई फिल्ममा आउँन मन नलागेको होइन तर खोजिएको जस्तो फिल्म अफर आएँन’, सुबेक्षा भन्छिन्, ‘म मिस नेपालमा सेकेन्ड रनरअप भएसँगै मलाई अफर राम्रै आएको थियो मैंले धेरै मान्छेलाई भेटे पनि । तर मलाई चित्त बुझेन । उनलाई फिल्म खेल्न चाहिं मन थियो रे । ‘मसँग काम गर्ने साथी सर्कलले पनि मलाई भन्नु हुन्थ्यो तर सहि समयको पर्खाइमा थिए । रणवीरको अफर आएपछि स्टोरी सुने र टिमले पनि चित्त बुझ्यो । यसैले फिल्म गरेकी हुँ’, उनको भनाई छ । ‘रणवीर’को यो गीत हेर्नुस् :

गत वर्ष सन् २०१८ को सुरुवातदेखि फिल्म ‘रणवीर’मा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुबेक्षालाई यतिबेला सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ । एक्सन लभ स्टोरी तथा एक्सन फिल्ममा सुबेक्षासँगै सुशील सिटौला, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, हरिहर शर्मा लगायतको अभिनय रहेको छ ।

कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यसमा फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha