‘प्रेमनाथ’को ट्रेलरमा प्रेम र एक्सन

फिल्म ‘प्रेमनाथ ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको टे«लर सार्वजनिक गरिएको हो । फिल्मलाई गणेश बेल्बसेले निर्देशन गरेका हुन् । प्रोमो हेर्नुस :

ट्रेलरमा फिल्मको शिर्ष गीत पनि समावेश गरिएको छ । फिल्ममा राज थापा, कृति गौतम, मीयुन गिरेल, मोनालिशा विस्ट, सुविर पण्डित, शेखर जंग मल्ल, गजित विस्ट, नविन श्रेष्ठ, कमल गाँउले, रमेश कुँवर, सिर्जना सुनुवार, राज कुमार सिटौला, पुजा रिजाल, गौरव भट्ट, राकेश, बिनोद सिंह, इशिका पौडेल, तेज जंग, धनवीर खत्री, सुरज पाण्डे लगायत निर्देशक गणेशको पनि अभिनय रहेको छ । गुहेश्वरी बेल्बासले निर्माण गरेको फिल्ममा कार्यकारी निर्माता कपिल प्रसाद दावा रहेका छन् ।

बसन्त राज भट्ट, मिलन राई, बसन्त राज आर्चाय, राजु केसी, कुमुद पन्त सहनिर्माता रहेका छन् ।
सुमन कार्की, सुजन पाण्डे र सञ्जय सहानीको छायांकन रहेको छ भने राजिन पाठक र फोर्बिडोन डान्स एकेडेमीको कोरियोग्राफी रहेको छ । फिल्म चैत २२ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha