हट एयर बलुनमा ‘गोपी’ को प्रचार

माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गोपी’ ले प्रचारको नयाँ सुरुवात गरेको छ । भर्खरै नेपाल भित्रिएको नेपालकै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो ।

हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दो छ । यसको फाइदा उठाउँदै गोपी टिमले प्रचार थालेको हो । फिल्म प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हटएयर बलुन मार्फत गरेका हौं, फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने ।

दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपी मा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म प्रोमो सहित दुई गीत सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha