‘ब्याच्लर बन्टी’का निर्देशक चाम्सले लेखे, ‘थाहा छैन्’

फिल्म बन्ने कि नबन्ने दोधारमा रहेको ‘ब्याच्लर बन्टी’को बैशाखदेखि छायाँकन सुरु हुने खबर बाहिरिएको छ । बुझिए अनुसार फिल्मको प्रदर्शन मिति समेत आउँदो सालको भदौ १३ गतेलाई तोकिएको छ ।

तर निर्देशक मिलन चाम्सले भने बुधबार सार्वजनिक भएका यी खबरहरु बारे आफुलाई थाहा नभएको फेसबुकमा स्टाटस लेखेरै उल्लेख गरेका छन् । निर्देशक चाम्स बुधबार साँझ आफ्नो फेसबुक स्टाटसमा लेख्छन्, ‘बजारमा आईरहेका अनेक कुराहरु त के हो मलाई थाहा छैन् । मलाई यति मात्र थाहा छ मेरो चलचित्र विर विक्रम २ को गित ओएसआर डिजिटल मार्फत भोली २ : १५ वजे रिलिज हुँदैछ । आशा छ यहाँहरुले विर विक्रमलाई जस्तै हेरेर न्यानो माया र मिठो प्रतिक्रिया दिनुहुनेछ । जय विरविक्रम २ जय नेपाली सिनेमा ।’ निर्देशक चाम्सले यस प्रकारको स्टाटस लेख्नुको सिधै अर्थ ‘ब्याच्लर बन्टी’ बारे उनी हाल केही पनि बताउन सक्ने अवस्थामा छैनन् ।

निर्देशक चाम्स र निर्माता सुदीप खड्का मिलेर बनाउने भनिएको फिल्म ‘ब्याच्लर बन्टी’मा नायक अनमोल केसी खेल्ने सम्झौता भएको छ । फिल्म खेले वापत अनमोलले पचास लाख पारिश्रमिक लिएको चर्चा थियो । फिल्मका लागि नव नायिका उकुशा गिरी फाइनल गरिएको छ । । फिल्म प्रदर्शनको खबर बाहिरिनु र निर्देशकले थाहा छैन लेख्नु ले ‘ब्याच्लर बन्टी’ बन्ला त ? भन्ने प्रश्न खडा भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha