छायाँकन सुरु नहुँदै ‘मारुनी’ले तोक्यो रिलिज मिति

फ्लोर जाने तयारीमा रहेको फिल्म फिल्म ‘मारुनी’ आफ्नो प्रदर्शन मिति तय गरेको छ । फिल्म निर्माण कम्पनी पुनम इन्टरटेनमेन्ट र फिल्म वितरण कम्पनी एफडीले मारुनी लाई भदौ १३ गते प्रदर्शन गर्ने सम्झौता यसै साता गरेका हुन् ।

एफडी प्रमुख नरेन्द्र महर्जनले निर्माता तथा निर्देशकको माग बमोजिम प्रदर्शन मिति छानिएको बताए । ‘उहाँहरुले राम्रो फिल्म बनाउने कुरामा हामीलाई पूर्ण विश्वास छ । यही कारण हामी उहाँहरुसँग सहकार्य गर्न तयार भएका हौं, ‘महर्जनले भने । निर्माता पुनम गौतमले पनि एफडीसँगको सहकार्यले फिल्मलाई लक्षित दर्शकसम्म पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । ‘फिल्म प्रदर्शन फिल्म मेकिङपछिको महत्वपूर्ण पाटो हो । यो क्षेत्रमा उहाँहरुको लामो अनुभव छ । उहाँहरुसँगको सहकार्यपछि फिल्म लक्षित दर्शकसम्म पुग्ने कुरामा हामी थप विश्वस्त बनेका छौं,’ निर्माता गौतमले भनिन् । एफडीले काठमाडौबाहिर सम्पूर्ण रुपमा फिल्म वितरण गर्नेछ ।

केही समयअघि कलाकारलाई ¥याम्पमा उतारेर फिल्म ‘मारुनी’को घोषणा गरिएको थियो । नवल नेपालले निर्देशन गर्ने फिल्म मारुनी मा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङ मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । त्रिकोणात्मक प्रेमकथा बताइएको फिल्मलाई गोविन्द फुयाँल र निर्देशक नवल नेपाल स्वयं मिलेर लेखेका हुन् । सञ्जय लामाको छायांकन रहने फिल्म माघको अन्तिम साताबाट फ्लोरमा जाने निर्माण टिमले जानकारी गराएको छ ।

फिल्ममा निर्माणमा पुनमलाई अजय पोखरेल र राजा प्रधानले सघाउने छन् । हरि सिलवाल फिल्मको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी आदि कलाकारको अभिनय रहनेछ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha