यस्तो बन्यो ‘बिर बिक्रम २’ को ‘पिरतीको मिठो तिर्सना’

फिल्म ‘विर विक्रम २’ मा समावेश पिरतीको मिठो तिर्सना गीतको भिडियो सार्वजनिक भएको छ । रञ्जित गज्मेरद्वारा संगीतवद्ध फिल्म देउताको सुपरहिट गीतलाई बिर बिक्रम २ मा रिमेक गरिएको हो । नायका पल शाह, नायिका बर्षा सिवाकोटी र नायक नाजिर हुसेन प्रस्तुत गीतको भिडियो हेर्नुस् :

‘बिर बिक्रम २’ को यस रिमेक गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईले स्वार दिएका छन् । शब्द कुसुम गज्मेर र तुलसी घिमिरेको हो । मुस्तांगमा छायाँकन गरिएको ‘बिर बिक्रम २’ को यो भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । छायाँकन सुदीप बरालको छ ।

मिलन चाम्सले निर्देशन फिल्म बिर बिक्रम २ मा प्रदीप भारद्वाजको लेखन छ । अर्पण सापकोटा सह निर्माता रहेको फिल्मका निर्माता निर्देशक चाम्स स्वंम हुन् । ‘बिर बिक्रम २’ मा पल, बर्षा र नाजिर सँगै बुद्धि तामांग, देशभक्त खनाल लगायत कलाकारको अभिनय छ । फिल्मको प्रदर्शन मिति तोकिसकेको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha