‘गरुड पुराण’ मा कर्मका दुई रुप

फिल्म ‘गरुड पुराण’ मा अभिनेता कर्म शाक्यलाई दुई फरक भूमिकामा हेर्न पाईने छ । धेरै जसो फिल्ममा युवा नायकको रुपमा प्रस्तुत हुँदै आएका कर्म यो फिल्ममा भने प्रौढको पनि भूमिकामा प्रस्तुत भएको निर्माण पक्षले खुलासा गरेको छ ।

शनिबार निर्माण पक्षले यो फिल्मको केही तस्बिर सार्वजनिक गर्दै फिल्ममा कर्म दुई फरक भूमिकामा रहेको जानकारी गराएको हो । निर्देशक सुवास कोइरालाका अनुसार ‘गरुड पुराण’मा कर्म २५ वर्षिय तन्नेरी भूमिकामा छन् । यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन् । यिनै कर्मले यो फिल्ममा ६० वर्षका वृद्धको भूमिका पनि निर्वाह गरेका छन् । तर यो पौढ भूमिकाको बारेमा उनले खुलासा गरेका छैनन् ।

फिल्ममा यस प्रकारको भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको थियो रे । तर कर्मले दुबै भूमिकालाई न्याय गरेको निर्देशक कोइरालाको भनाई छ । ‘उनको युवा भूमिका मुख्य हो भने प्रौढ भूमिका सहायक हो । तर युवा भूमिका निर्वाह गर्न जति सजिलो थियो प्रौढ भूमिका त्यत्तिकै चुनौतीपूर्ण भए पनि दुबै भूमिकालाई कर्माले सफल बनाएका छन्’ निर्देशक कोइरालाको भनाई छ । ट्रेलर हेर्नुस : 

माघ ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’ मा कर्मसँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियँका सिंह, कमल देवकोटाको अभिनय छ । आकाश बराल, बिनोद खतिवडा र सुवासले लेखेको यो फिल्मको कथा कसम नेपालले तयार गरेका हुन् । फिल्ममा निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । फिल्ममा सुसन प्रजापतिको छायाँकन, कोसिस क्षत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ । फिल्मको गीत र ट्रेलर सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha