साम्राज्ञी ‘युरेशा’ उद्घाटनमा आमा र प्रेमीसँग पुगिन्

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले शनिबार न्युरोडस्थित पिपुल्स प्लाजाको छैटौं तलामा रहेको युरेसा लेडिज रेडी वएर सपको उद्घाटन गरिन् । डिजाइनर युवी थापाले आफ्ना दुई सहकर्मीसँग मिलेर खोलेको उक्त लेडिज लुगा पसलको उद्घाटन साम्राज्ञीले रिवट काटेर गरेकी हुन् । साम्राज्ञी र आमा नेहासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

रिवट काट्ने कार्यक्रममा साम्राज्ञी एक्लै भने पुगेकी थिइनन् । साम्राज्ञीसँग आमा नेहा आरएल त हुने नै भइन् । साथमा नयाँ प्रेमी देवांशु राणा पनि थिए । साम्राज्ञीले सम्भवतः प्रेमीसँग पहिलो पटक मिडिया सामु तस्बिर खिचाइन् । युरेशाको उद्घाटन भएर साम्राज्ञीका आमा छोरीले मिडियामा अन्तरवार्ता नसकिंदासम्म दिवांशु पुरै समय पर्खेर बसे ।

फिल्म ‘मारुनी’ को प्रेसमिटमा साम्राज्ञीलाई प्रेमी लुकाउन निकै हम्मे हम्मे परेको थियो । तर युरेशा उद्घाटनमा भने साम्राज्ञीले सहज रुपमै आमालाई छेउमा राखेर आफ्ना प्रेमसँग तस्बिर खिचाइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha