प्रेमिल संवादयुक्त ‘समर लभ’को ट्रेलर सार्वजनिक

फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ‘समर लभ’ माघ २५ देखि प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्नुस् :

दमदार डाइलग सहित पे्रम विछोडलाई फिल्ममा प्रस्तुत गरिएको छ । मुस्कान ढकालले निर्देशन गरेको फिल्ममा रेवती क्षेत्री, आशिष पिया, सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा कथा लेखन सुविनको रहेको छ भने पटकथा सुविन र सामिप्यराज तिमल्सेना दुबै मिलेर लेखका हुन् । मानकृष्ण महर्जनले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरिएको फिल्ममा स्वपन सरकार र मनोज बिक सहनिर्माता, बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha