भदौ ८ बाट दुई हटे चार आए

भदौ ८ अर्थात हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने फिल्मको प्रदर्शन मिति हेरफेर भएका छन् । साम्रज्ञी राज्यलक्ष्मी शाहको ‘तिमी सँग’ र अधिकारीको ‘झ्नाकुटी’ भदौ ८ बाट सरेका छन् । यो मितिमा अन्य चार नयाँ फिल्महरु आउने भएका छन् ।

भदौ ८ मा ‘धुम २’, ‘देश खोज्दै जाँदा,’ ‘हामी शरणार्थी’ र ‘स्काउट’ प्रदर्शनमा आउनेछन् । ‘तिमीसँग’ र ‘झ्यानाकुटी’ को प्राविधिक कार्य बाँकी भएका कारण उक्त मितिमा नआएका हुन् । साम्राज्ञीको ‘तिमी सँग’ भने ‘ए मेरो हजुर २’ को कारण पनि पछि धकेलिएको हो । निर्माता तथा निर्देशक शिशिर राणाले कात्तिक या मंसिरमा तिमी सँग ल्याउने बताए । साम्राज्ञी अभिनित ‘ए मेरो हजुर २’ भदौ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha