अभिषेकले न्युयोर्कमा ऐश्वर्यलाई यसरी राखे प्रेम प्रस्ताव

सन् २००७ मा बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिषेक बच्चन बैवाहिक बन्धनमा बाधिए । त्यस बेला विवाहको चर्चा निकै चल्यो । अहिले पनि ऐश्वर्या र अभिषेकको उत्तिकै चर्चा हुने गरेको छ ।

ऐश्वर्या र अभिषेकको विवाहले सबैलाई चकित पारेको थियो । आजसम्म पनि उनीहरुको बैवाहिक जीवनलाई निकै चासो दिइन्छ । हालै ऐश्वर्याले एक अन्तरवार्तामा प्रेम सम्बन्धबारे बोलेकी छन् । उनले पुराना दिन सम्झिदै भनिन्, ‘गुरु फिल्म रिलिज हुनुभन्दा अघि अभिषेकले न्यूर्योकको होटलको कोशीमा घुँडा टेकेर प्रर्पोज गरेका थिए । जब प्रपोज गरेका थिए विल्कुल हलिउड फिल्मको सिन जस्तो लागेको थियो ।’

अभिषेकको प्रर्पोज स्वीकारेपछि ‘जोधा अकबर’ फिल्मको सेटमा आफुलाई बेहुली जस्तै महसुस गरेको ऐश्वर्याले बताइन् । उनले भनिन, ‘मलाई याद छ जब हामी जोधा अकबरको गीत ‘ख्वाजा मेरे ख्वाजा’ सुटिङ गरिरहेको थियौ । म दुलहीको ड्रेसमा सजिएकी थिए, त्यसैले मलाई अन स्किन भन्दा पनि मेरो असली जीवनमा भएको जस्तो भयो । यो सबै अजिब लागेको थियो र निर्देशक आशुतोषले कहाँ हराको भन्दा झस्किए ।’

त्यसपछि ऐश्वर्या र अभिषेक मुम्बइमा बैवाहिक बन्धनमा बाधिए । उनीहरुको विवाह भएको १२ वर्ष भइसक्यो । उनीहरुकी एक छोरी आराध्या बच्चन छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha