ऋतिकको खुलासा, राकेश रोशनलाई घाँटीमा क्यान्सर

बलिउड अभिनेता ऋतिक रोशनका बुवा निर्देशक राकेश रोशनलाई घाँटीको क्यान्सर भएको छ । यो कुरा ऋतिक रोशनले सामाजिक सञ्जालमार्फत जानकारी गरेका छन् ।

ऋतिकले मंगलबार इन्स्टाग्राम मार्फत जानकारी सेयर गरेका हुन् । उनले लेखेका छन्, ‘आज बिहानै मैले बुवासँग फोटोको लागि अनुरोध गरे । मलाई थाहा छ उहाँ सर्जरीको दिन पनि जिम गर्न छोड्नुहुने छैन । बुबा मेरो जिन्दगीको सबै भन्दा बहादुर एक मात्र व्यक्ति हो । उहाँलाई घाँटीको क्यान्सर छ । यो सुरुवाती चरण हो । उहाँ पुरै जोशका साथ रोगसँग लड्दै हुनुहुन्छ । हाम्रो परिवारमा उहाँजस्तो नेतृत्व गर्ने व्यक्ति पाएकोमा हामी भाग्यशाली छौँ ।’

क्यान्सर लागेको खबरले बलिउडकर्मीहरुलाई दुःखी तुल्याएको छ । साथै उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्य लाभको शुभकामना दिएका छन् । राकेश रोशन ‘कृष ४’को तयारीमा थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha