प्रियंका भन्छिन्, ‘अनागत तडकभडक फिल्म होइन्’

माघ ११ गते रिलिज हुने फिल्म ‘अनागत’को युनिटले बुधबार प्रेसमिट गर्यो । प्रेसमिटमा फिल्मका निर्देशक तथा कलाकारले अनागतको कथावस्तु र आफ्नो भूमिका बारे बताए । प्रेसमिटको भिडियो हेर्नुस :

श्रीमान र श्रीमती बिच शंका उत्पन्न भएपछि पारिवारमा मानसिक द्वन्द्धको वातावरण सिर्जना हुन्छ । यहि द्वन्द्धले बालबालिकामा कस्तो असर पर्दछ भन्ने कुरा फिल्ममा देखाइएको निर्देशक साम्तेन भुटियाले बताए । श्रीमानको भूमिकामा अभिनेता अर्पण थापा र श्रीमतीको भूमिकामा अभिनेत्री प्रियंका कार्की प्रस्तुत भएकी छिन् । फिल्मबारे प्रियंका कार्कीले भनिन, ‘अनागतको टीम यति सानो रहेको छ । प्राय सुटिङ हाम्रले एउटै घरमा गरेको छौं । धेरै लोकेशन भन्दा पनि प्राइभेट फिल्म हो । श्रीमान श्रीमती बिच आफैले उत्पन्न गराएको समस्यालाई देखाएको छ ।’

उनले थप्दै भनिन, ‘श्रीमान र श्रीमती बिच द्वन्द उत्पन्न हुदाँ कस्तो असर गर्छ भनेर देखाउँन खोजेको छ । यो फिल्मबाट धेरै आशा नगर्नु, यो फिल्म त्यस्तो तडकभडक भएको फिल्म होइन । यो फिल्ममा मेरो कृतिको क्यारेकटर रहेको छ । साम्तेन दाईले प्रियंकालाई एकदमै टाढा राखेर काम गराउनु भएको छ । यो फिल्म अरु फिल्म भन्दा अली फरक छ । फिल्मको छायाँकनमा म पनि साइको जस्तै भएको थिए ।’

फिल्मका अभिनेता अर्पन थापाले फिल्मको पात्र आफुलाई हाबी भएको बताए । उनले भने, ‘यो पहिलो फिल्म हो जुन फिल्मको क्यारेकटरबाट निस्कन मलाई निकै गाह्रो भएको थियो । फिल्मको सेट रेडि नहुने बेलासम्म म सुतिरहन्थेँ । साम्तेन आएर उठाउनुपथ्र्यो । सुटिङ सकिन्थ्यो फेरी गएर सुत्थेँ ।’

साम्तेन भुटियाले निर्देशन गरेका फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रविण खतिवडा, रोसिन सुवेदी, अरुण रेग्मी, अनु शर्मा, कुमार क्षेत्री लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha