साउन २४ देखि प्रज्ञामा ‘तिते–जिरे–ब्रेकफेल गाइजात्रा’ सुरु

हरेक बर्ष गाइजात्रा पर्वको अवसरमा आयोजना हुँदै आएको विशेष हाँस्यब्याङ्ग्य कार्यक्रम यस बर्ष ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’ को नामबाट यही साउन २४ गतेबाट सुरु हुने भएको छ । राजधानीको प्रज्ञा भवन कमलादीमा आयोजना हुने यस कार्यक्रमको लागि आवश्यक तयारी भइरहेको आयोजक कारोबार मिडिया प्रा.लिले जनाएको छ ।

हाँस्य कलाकारहरुको प्रत्यक्ष प्रस्तुति मार्फत मनोरञ्जन लिन सकिने यस कार्यक्रममा कलाकारहरुले विद्यमान राजनीतिक तथा सामाजिक विकृतिहरुलाई ब्याङ्ग्यात्मक आलोचना गरी सुधार गर्न दबाब दिने गर्दछन् । कार्यक्रम साउन २४ गतेबाट भदौ ३ गते चल्नेछ । लोकप्रिय हास्यब्याङ्ग्य टेलिभिजन कार्यक्रम तिते–जिरे र ब्रेकफेललाई संयोजन गरी ती कार्यक्रम सम्वद्ध कलाकारहरुको ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’ मा प्रस्तुति रहने छ । दर्शकहरुलाई मनोरञ्जनसँगै विकृतिहरु विरुद्ध तिखो प्रहार गर्ने मौका पनि यो हो भन्दै व्यस्तता र तनावको दैनिकीबाट मुक्त हुने र हाँसेर स्वस्थ हुने पनि यो मौका भएको आयोजक संस्थाले जनाएको छ । यस बर्षको गाइजात्रा विशेषको मुख्य कलाकारहरुमा दीपकराज गिरी, शिवहरि पौडेल, किरण के.सी., मनोज गजुरेल, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, दमन रुपाखेती, पूर्ण थापा, रवि डंगोल, मनोज आचार्य, टीका भण्डारी, शिवहरि बैरागी, सविता गुरुङ, निरज नेपाल, कविता शर्मा, सरिस्मा मगरलगायत रहनेछन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha