‘सबै कुरा पैसाको आँखाबाट हेर्न नहुने रहेछ’ : रेखा थापा

अभिनेत्री रेखा थापा पछिल्लो समय महिला केन्द्रित फिल्म निर्माणमा आकृर्षित भएकी छिन् । रेखाको यहि वर्ष बालविवाहको विषय उठान गरेको फिल्म ‘मालिका’ प्रर्दशन भयो । ‘मालिका’ अघि रेखाको एसिड काण्ड उठाएको फिल्म ‘रुद्रप्रिया’ प्रर्दशन भएको थियो । दुवै फिल्मले बक्स अफिसमा आशातित राम्रो व्यापार गर्न सकेनन् ।

व्यापार गर्न नसकेपनि फिल्म दुई फिल्मप्रति सन्तुष्ट रहेको रेखाको प्रतिक्रिया छ । शनिबार थापाथलीस्थित मार्टिन चौतारीमा ‘आह्वान’मा अर्चना थापाले रेखा थापासँग फिल्मबारे कुराकानी गरिन् । रेखाले रामप्यारी फिल्म गर्दा सम्म व्यापारको लागि गरेको खुलाउँदै अब समाजप्रधान फिल्म बनाउने बताइन । उनले भनिन्, ‘रामप्यारी सम्मचाहिँ राम्रो व्यापार गर्याेस भन्ने लाग्थ्यो तर ‘रूद्रप्रिया’पछि मलाई सबै कुरा पैसा वा नामको आँखाबाट हेर्न नहुने रहेछ भन्ने लाग्यो ।’
उनले थप्दै भनिन्, ‘मंैले फिल्म क्षेत्रमा काम गरेको १८ वर्ष भयो । मैंले नाम र दाम कमाएँ त्यसका लागि मैंले के दिने ? ५० रुपैयाँ, सय रुपैयाँको टिकट काटेर मलाई हेर्न आएर माया गरेर समाजमा, देशमा चिनिने पात्र बनाइदिनु भएको छ, त्यसको सट्टामा मैंले के दिने ?’ रेखा थापासँग गरिएको यो कुराकानी हेर्नुस् :

उनले आगामी दिनमा सामाजिक विषयवस्तु उठाउने दाबी गर्दै भनिन्, ‘मैंले बनाउने फिल्मको पात्रको चरित्र फरक छ । मैंले उठाउने विषयवस्तुको उठान यही समाज भित्रकै हो । म फरक शैलीमा काम गर्न चाहन्छु, मेरो अहोभाग्य हुनेछ । यो त हक नै हो त्यसका लागि रेखाले मलाई बोलाउली होइन, मसँग यो कन्सेप्ट छ, सँगै काम गरौं भन्नुपर्यो । रेखा फिल्मस् वा म मात्र पर्याप्त हुँदैन हातेमालो हुनुपर्यो, सामूहिक हुनुपर्यो ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha