निरुता सिंह ‘दालभात तरकारी’ सकेर मुबई फर्किइन्

अभिनेत्री निरुता सिंह दालभात तरकारीको छाँयाकन सकेर मुम्बई फर्किएकी छिन् । मसिंरको पहिलो साताबाट सुरु गरिएको छाँयाकन गत साता ५१ दिनमा सकियो ।

करिब दुई महिनाको बसाई पश्चात निरुता आइतबार मुम्बई फर्किएकी हुन् । उनलाई विदाई गर्नको लागि दालभात तरकारी निर्माता किरण केसी र फिल्मका कलाकार नरेन्द्र कंसकर त्रिभुवन विमानस्थल पुगेका थिए । विदाईको फोटो सहित स्टाटस लेखेका छन्, ‘दालभात तरकारीको सुटिङपछि निरुता सिंह मुईब फर्किन ।’ दालभात तरकारी छायाँकनको यो रिपोर्ट हेर्नुस् :

सुदन केसीले निर्देशन गरेको फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् । उनीहरुको साथै फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म वैशाख १३ गते देखि रिलिज हुँदैछ । फिल्म प्रचारको लागि निरुता पुनः नेपाल आउने निर्माण पक्षको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha