स्वप्न सुमन र त्रिसलाको स्वरमा ‘सय कडा दश’को गीत

फिल्म ‘सय कडा दश’को ‘पिरतीको गाँउ’ बोलको गीत सार्वजनिक भएको छ । स्वप्न सुमन र तिर्सला गुरुङको स्वर रहेको रोमान्टिक गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने र सोनिया राई फिचर्ड छन् । भिडियो हेर्नुस् :

गीतमा शब्द रवि मल्लको रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ । रामशरण पाठकले निर्देशन गरेको फिल्ममा राजाराम पौडेल, मनोज गुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डंगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव नयौपानीको लगानी रहेको छ ।

रज्जु प्रधानको कथालाई निर्देशक पाठकले पटकथा तथा संवाद तयार पारेका छन् । कल्याण सिंह र जुगोल डंगोको संगीत, रामश्वर कार्कीको छायांकन, दिलिप ओखेडाको कोरियोग्राफी, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । फिल्म माघ १८ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha