‘सानो मन’ मा आयुष्मान र शिल्पाको जोडी

फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । सुयोग गुरुङको डेब्यु निर्देशन रहने फिल्ममा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहनेछ । सानो मन म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने मंगलबार आयोजित प्रेसमिटमा जानकारी गराइयो ।

प्रेसमिटमा आयुष्मानले भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । फिल्मको स्टोरी नर्मल छ । मिठो छ । छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म छाड्न नसकेको बताइन् । उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन् । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले ’सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन् ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । ‘सानो मन’ को छायाँकन माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा सानो मन बन्न लागेको हो । आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ’पर्सनल ट्रेनर’ हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha