सुपुष्पाको प्रेममा भौतारिए सुशिल, ‘रणवीर’ दोश्रो गीत

फिल्म ‘रणवीर’ मा समावेश ‘मान्न चाहन्न’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको गीतमा अभिनेत्री सुपुष्पा भट्ट र अभिनेता शुशील सिटौला फिर्चड छन् । भिडियो हेर्नुस् :

एकोहोरो प्रेम देखाइएको गीतमा गायक हर्कुलस स्वयंको शब्द तथा संगीत छ । संगीत समायोजन रिकेश गुरुङको रहेको छ भने मिसिङ्ग अशोक महर्जनको रहेको छ । यो फिल्मको ‘तिरिमिरे तीन तारा’ बोलको गीतले चर्चा बटुलिरहेको छ ।

एक्सन र रोमान्स भरपुर फिल्ममा शुशील र सुपुष्पाका साथै शुभेच्छा खड्का, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, रवी गिरी, नरेश पौडेल, भोला राज सापकोटा, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।
कथा, पटकथा, संवाद निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha