‘म निर्देशकको लायक छैन’ : दिपशिखा खड्का

निर्देशकको नाम बिनै फिल्म ‘प्रेमलीला’ ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मकी नायिका तथा निर्मात्री दिपशिखा खड्काले निर्देशक हटाएर फिल्म पुरा गर्दैछिन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक बिनै फिल्म कसरी बन्यो भन्ने प्रश्न दिपशिखालाई गरिएको थियो । यसको जवाफ दिपशिखाले निकै रोचक तरिकाले दिइन । उनले भनिन्, ‘निर्देशक बिना फिल्म किन बन्दैन, प्रेमलीला बन्यो । निर्देशक थियो तर धोका दियो । त्यसैले उसको नाम नराखेको हो ।

उनले थप्दै भनिन्, ‘सबै कुरा भन्न नहुने हो । फिल्म बन्ने तयारी देखि लिएर आधा फिल्म निर्माणसम्म सँगै थियो । लगभग ६५ प्रतिशत फिल्मको छाँयाकन सकिए पनि गीतको सुटिङ र द्वन्द्धको छायाँकन बाँकी थियो । त्यसपछि निर्देशकले अहिले सम्म एक कल फोन समेत गरेको छैन । डबिङ देखि लिएर जहाँ पनि म आफै धाई रहेको छु । म कलाकार कम प्राविधिक ज्यादा भएको छु । त्यसैले निर्देशकको नाम राखेर फिल्म किन खराब गर्नु ।’

उनले आफु निर्देशक नभएको खुलाउदै भनिन्, ‘म यो फिल्मको निर्देशक होइन । निर्देशकको रुपमा मेरो नाम राख्न मिल्दैन । फिल्म निर्माणमा सबैले सर्पोट गर्नु भएको छ । मैंले फिल्मको कथा लेखे अहिले पुरै फिल्म मेरो कन्ट्रोलमा छ । मेरो नाम राख्न सक्थे । तर म निर्देशकको लायक छैन । ‘प्रेमलीला’ मेरो फिल्म होइन, हाम्रो फिल्म हो ।’ ‘प्रेमलीला’ फागुन १० गतेदेखि प्रदर्शन हुँदैछ । ट्रेलर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha