सङ अफ द् इयर बन्ला ‘शुभ लभ’को गीत ?

दर्शकलाई हलसम्म आकर्षण गर्न फिल्ममा समावेश गीत संगीतको महत्वपूर्ण भूमिका हुने गर्दछ । यसैले मेकर्स निकै मिहेनत गरेर फिल्ममा गीत संगीत राख्ने गर्ने गर्दछन् ।

फिल्म ‘शुभ लभ’को शिर्ष गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ यही माघ ९ गते रिलिज हुँदैछ । निर्माण टिमले यसको दिनगन्ती सुरु गरिसकेको छ । ‘फकाउने सङ अफ द् इयर’ भन्दै निर्माण टिमले फेसबुकमा पोस्टर सेयर गरिरहेको छ । गीतमा युवा ज्योतिष हरिहर अधिकारी र क्रिस्टिन पौडेलले प्रस्तुत छन् । ‘शुभ लभ’ दुवैले खेलेको पहिलो फिल्म हो ।

धेरैको भविष्यवाणी गरेका युवा ज्योतिष अधिकारी आफैले खेलेको गीतको भविष्य चाहिं के होला त ? काउन्टडाउन पोस्टरमा लेखे जस्तै शुभ लभको गीत वर्षको ब्लकबस्टर गीत बन्ला त ? समय बाँकी छ । गीतमा नेपाल आइडलका फस्ट रनरअप निशान भटराईले स्वर दिएका छन् । शब्द तथा संगीत अर्जुन पोखरेलको छ भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । फिल्मको ड्रेस रोविन क्रियशनका लागि रोविन परियारले गरेका हुन् ।

सन्तोषबाबु लोहनीले निर्देशन गरेको फिल्ममा हरिहर र क्रिस्टिनसंगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौडेल, डा.सूर्या थापा लगायत कलाकारको अभिनय रहेको छ । धर्मराज सुवेदीको लगानी रहेको फिल्म चैत्र १५ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha