रवि र निकिताले गरे कानुनी बिवाह

सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामेछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले कानुनी रुपमा विवाह गरेका छन् । सोमबार जिल्ला अदालतमा उनीहरुले कानुनी रुपमा विवाह गरेका हुन् ।

२५ वर्षको बैवाहिक सम्बन्ध टुंगाउदै रविले निकितासँग लगनगाँठो कसेका छन् । रवि र निकिता दुवै डिभोर्सी हुन् । केहि समय अगाडि रविको डिभोर्स र निकितासँगको पे्रम सम्बन्धले मिडिया छाएको थियो । कानुनी रुपमा विवाह गरेका रविले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

छिटो विवाह गर्ने योजनामा नरहेको बताउँदै मानसिक यातनाका कारण विवाह गरेको खुलाएका छन् । साथै उनले दर्शक शुभ चिन्तक, परिवार इस्टमित्रहरुबाट आशिर्वाद अपेक्षा गरेका छन् । उनीहरु सामाजिक परम्परागत रुपमा वैशाखमा विवाह गर्दैछन् । निकितासँग भोगाइ र सोच मिल्ने भएकोले विवाहको निर्णयबाट सन्तुष्ट रहेको बताएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha