‘हजार जुनी सम्म’मा अनुभव पनि, सिक्किममा सुटिङ

विकास आचार्यले निर्देशन गर्दै गरेको फिल्म हजार जुनी सम्म मा आर्टिस्ट इन आउट हुने क्रम जारी छ । निरुता सिंह फिल्ममा नहुने खबर बाहिरिएसँगै फिल्ममा संचिता लुईंटेल भित्रिएकी थिइन् ।

संचितापछि फिल्ममा स्टार किड अनुभव रेग्मी भित्रिएका छन् । सिक्किम पुगेर अनुभवले सुटिंग समेत सुरु गरिसकेका छन् । नाईं नभन्नू ल सिरिजका मुख्य पात्र अनुभवको हजार जुनी सम्ममा चाहिं कस्तो भूमिका होला ? कौतुहलता छाएको छ ।

अनुभवसँगै संचितापनि सुटिङगका लागि त्यहाँ पुगेकी छन् । आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अकिलेश प्रधान लगायत कलाकारहरु लामो समयदेखि सिक्किममा छन् । नायिका प्रियंका कार्कीले केही दिनमै टिम ज्वइन गर्दैछिन् । स्वस्तिमा र अकिलेशसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha