मोफसल प्रचारमा ‘रणवीर’ टिम, चितवनमा प्रेसमिट

फिल्म ‘रणवीर’ ले रिलिज मिति नजिकिदै गर्दा मोफसल टुरलाई अगाडी बढाई रहेको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्मले मोफसल टुर अन्तर्गत मंगलवार चितवनका सञ्चारकर्मीसँग भेटघाट गरेको छ ।

फिल्मका निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी, कलाकारहरुमा नरेश पौडेल, सुशील सिटौला, सुबेक्षा खड्का र सुपुस्पा भट्टले सञ्चारकर्मीसँग साक्षात्कार गरेका हुन् । सुशीललाई नै रणवीर बनाउनुको कारण र सुबेक्षाले डेब्यु फिल्म रणवीरनै रोज्नुको कारण बारे स्थानीय सञ्चारकर्मीले जिज्ञाषा राखेका थिए ।

पत्रकार सम्मेलनमा सुपुस्पाले पनि फिल्म डेब्युलाई प्रस्ट्याइन । साउथ इण्डियन फिल्म टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का पनि यसैफिल्मबाट डेब्यु गर्दै्छिन् ।फिल्मका रणवीर अर्थात सुशील सिटौलाले आफुले कडा मेहनत गरेको बताए । फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha