‘शुभ लभ’ गीतमा हरिहर र क्रिष्टिनको रोमान्स (भिडियो)

फिल्म ‘शुभ लभ’को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ । बुधबार प्रेसमिट गर्दै रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो हेर्नुस् :

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा निशान भट्टराईको स्वर छ । स्वरमा निशानलाई मिना सिंहले साथ दिएकी छन् । गीतको भिडियोमा युवा ज्योतिष तथा नायक हरिहर अधिकारी र नायिका कृष्टिन पौडेल प्रस्तुत छन् । राजमजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियो सुन्दर छ । ड्रेस डिजाइन रोविन क्रियशनका लागि रोविन परियारले गरेका हुन् ।

सन्तोष बाबु लोहनी निर्देशित फिल्म ‘शुभ लभ’ लभ स्टोरी फिल्म हो । फिल्ममा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन् भने क्रिष्टिन लभर गर्लको भूमिकामा प्रस्तुत भएकी छन् । धर्मराज सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता प्रदीप कुमार उदय हुन् ।

‘शुभ लभ’ मा हरिहर र क्रिष्टिनसँगै राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बाँस्कोटा लगायतको अभिनय छ । फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् । ‘शुभ लभ’ चैत १५ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha