शोभित बस्नेतको ‘बद्री बहादुर’ मा पुजा शर्माको केमियो

शोभित बस्नेत ‘बद्री बहादुर’ फिल्म निर्देशन गर्दैछन् । बस्नेतले निर्देशन गर्ने फिल्ममा सञ्चारकर्मी रवी अभिकारीको लगानी रहने छ ।

कमेडी जनराको फिल्ममा निर्देशक बस्नेतका साथै छुल्ठिम गुरुङ ,जय किसन बस्नेत, धिरेन शाक्य, लय संगौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । फिल्ममा सलोन बस्नेत र पुजा शर्माको जोडि बाधिने जस्ता समाचार सम्पेषण भएपछि पुजाले फेसबुक मार्फत एक गीतमा केमियो गर्न लागेको जानकारी दिएकी छिन् । फिल्ममा सलोन बस्नेतको विशेष भूमिका रहने छ ।

टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे शब्द, शिव विकको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व रहने छ । बिनोद सापकोटाले छायाँकन गर्ने फिल्मलाई समिर मिया सम्पादन गर्नेछन् । माघ ११ गतेबाट छायाँकन सुरु गरिने फिल्म लमजुङ्ग, काठमाडौं, धरान र संखुवासभा लगायतका ठाँउमा खिचिने छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha