‘रणवीर’ सुशिलको डेव्यु फिल्म !

बुटवलमा पत्रकार सम्मेलन रणवीर अर्थात् नायक सुशील सिटौलाले आफ्नो डेब्यु रणवीर भएको बताएका छन् । उनले अघिल्ला फिल्मले चिनाएको र यसले स्थापित हुने विश्वास व्यक्त गरे ।
’रणवीर बन्न सहज थिएन त्यसैले मेरो लागि डेब्यु रणवीर हो, यस अर्थमा कि यसमा दर्शक नयाँ सुशीलले देख्नु हुनेछ’ सुशीलले बुटवलको सञ्चारकर्मीसँग सम्बोधन गर्दै भने ’फिल्ममा मेरो भूमिका धनगढीको एक युवाको छ जसको जीवनमा आउने आरोह अवरोहनै रणवीर हो ।’ उनले रणवीर बन्नकै निमित १५ किलो वजन बढाएका थिए भने फाइट पनि सिकेका थिए ।

’फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ’ सुशीलले भने ’एउटा राम्रो टीमले तयार गरेको हो रणवीर ।’ उनले फिल्मका निर्माताद्वय दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापा तथा निर्देशक तथा लेखक गोविन्द सिंह भण्डारीले कहिँ कतै सम्झौता नगरी फिल्म तयार गरेको बताए । उनले रणवीर बनाउने गरेको मेहनत र विश्वास प्रति आभारी रहेको समेत बताए । साउथ इण्डियन केहि फिल्ममा एसिस्टेन्टको रुपमा काम गरिसकेका निर्देशक भण्डारी , सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का र सुपुस्पा भट्टले यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन् ।

‘म फिल्ममा आउँन नचाहेको होइन तर मलाइ मन पर्ने स्क्रिप्ट र टिम नपाएकी हु’ सुबेक्षा भन्छिन् ‘फिल्मले दर्शकलाइ निराश बनाउदैन अनि मेकिङ पनि एक स्टेप माथि छ ।’ अर्की डेब्यु गर्ल सुपुस्पा भट्ट पनि निकै आश्वादी छिन । ‘डेब्युमै राम्रो टिम पाए , मलाइ नया भएको फिलनै भएन’ सुपुस्पा भन्छिन् ‘डेब्यु फिल्म मार्फतनै दर्शकको मन जित्ने किसीमको काम गरेकी छु जस्तो लाग्छ , आश छ दर्शकले रुचाउनु हुन्छ ।’ फिल्ममा प्रशान्त ताम्राकार ,टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha