निर्देशक माथि ‘प्रेमलीला’ की नायिकाको गम्भिर आरोप

फिल्म ’प्रेमलीला’ की नायिका दिपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेलाई आर्थिक हिनामिना गरेको आरोप लगाएकी छन् । नायिका खड्काले सामाजिक संजाल फेसबुक स्टाटसमा फिल्ममा लागानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकी आफुसँग लिएको पैसाको समेत हिसाब(किताब देखाउन नसकेर भागेको उल्लेख गरेकी छिन् ।

’मैंले बारम्बार फोन सम्पर्क गरें । फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन, त्यसपछी रिसले गाली गरेर म्यासेज गरें । पुलिस केस गर्ने धम्की दिएँ तर पनि केही सिप लागेन’ दिपशिखाले बिहिबार आफ्नो फेसबुक स्टाटसमा आक्रोश पोखेकी छन् । निर्देशक पाण्डेले आफुलाई धोका दिएको कारण आफुले सुन र गाडी समेत बेच्नु परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफुलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफुले मानसिक तनाब भोग्नु परेको बताएकी छिन् ।

’जसले फिल्मको छायाँकन नै पुरा गरेको छैन उसलाई निर्देशक भनेर मेरो फिल्ममा राखिरहनुको कुनै औचित्य छैन । त्यसैले मैले नाम हटाएको हुँ’, नायिका खड्काले लेखकी छन् । निर्देशक पाण्डेका बिरुद्ध आफुले निर्माता संघ र निर्देशक संघमा निवेदन दिएको समेत खड्काले बताइन् । ’आशा छ म एक महिला भएर नेपाली फिल्म क्षेत्रमा केहि गर्छु भन्ने सोच सहित आएको मान्छेलाई निवेदनको आधारमा सम्बन्धित संस्थाले न्याय दिलाइदिनुहुनेछ’, नायिका खड्काले भनिन् । अब फिल्मकी नायिका र निर्देशक बिचको मनमुटावले कुन रुप लिन्छ त्यो भने हेर्न बाँकी छ ।

फिल्ममा नायिका खड्कासँगै अलि खान, मौसम खड्का लगायतको अभिनय रहेको छ। प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिकी हुन् । फिल्मसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाईएको छ । प्रेमलीला फागुन १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :

पैसा नहुनेले किन फिल्म बनाको त रे बुर्कुन्ची लोग्नेले पैसा फसाइदेर फरार छ मरेको बाचेको अत्तो पत्तो छैन स्वास्निको तेस्तो कुरो मेरो औकात थाह छ रे साला अब मेरो औकात हेर
धेरै चुप बसे म तेसै छोड्दिन मलाई मानसिक यातना भयो

मेरो टिमको सबैलाई जान्कारी छ जनक पाण्डे आफुले पनि लगानी गर्ने शर्तमा फिल्म गरेको हो शुटिङको क्रममा एक रुपैया पनि निकाल्न नसकेर उल्टै म बाट लिएको पैसाको पनि हिसाब(किताब देखाउन नसकी भागेको हो । मैले बार(बार फोन सम्प र्क गरे,फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन तेसपछी रिसले गाली गरेर म्यासेज गरे,पुलिस केस गर्ने धम्की दिए तर पनि केहि सिप लागेन’अन्तिममा मेरो दिदिले १५ लाख दिनु भयो शुटिङ रोक्किएको थाहा पाएर तेतीले पनि पुगेन र मैले आफु सङ भएको सुन र गाडी बेचेर शुटिङ सक्काए म बिबस थिए घरमा पैसा माग्न सकिन तर मैले इज्जत फालिन कसैको पैसा खाइन फिल्मलाई पुर्ण रुप दिए अझै २०२२ लाखको खर्च छ जती सक्छु तेती गर्छु तर मेरो औकातको कुरा गर्ने हैसियत तिमीहरु जस्तो भिकारी सङ छैन चेतना भया बिष्णु चापागाई पाण्डे ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha