‘मणिकर्णिका’मा कंगनाको सशक्त अभिनय

बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ आज शुक्रबार देखि बक्स अफिसमा रिलिज भइसकेको छ । फिल्ममा कंगना लक्ष्मिवाईको भुमिकामा देखिएकी छिन् ।

फिल्म रिलिज भएसँगै दर्शक र समिक्षकहरुले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिन थालिसकेका छन् । दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । प्राय दर्शकले फिल्म सानदार रहेको बताएका छन् भने कतिपयले फिल्मको प्रस्तुति ठिकै रहेको बताएका छन् । ऐतिहासिक फिल्म भएको हुदाँ विषयवस्तुको रिर्सच कम रहेको समिक्षकले उल्लेख गरेका छन् ।

यो फिल्मलाई राधा कृष्ण जगरलामुडी र कंगनाले निर्देशन गरेका हुन् । यो फिल्मबाट कंगनाले निर्देशनमा पनि डेब्यु गरेकी छिन् । फिल्ममा कंगनाको सशक्त अभिनय देखिएको छ । समिक्षकहरुले कंगनाले फिल्ममा भन्दा पनि बढि आफ्नो लुक्समा मेहेन्त गरेको बताएका छन् । यो फिल्मबाट टेभिसिरियलकी अंकिता लोखन्डे डेब्यु गरेकी छिन् । तर सिरियलमा जस्तो जादु फिल्ममा चलेको छैन । उनको फिल्ममा स्थान कम भएपछि चर्चामा आउन चुकेकी छन् ।

कंगनाको मणिकर्णिका प्रोमो रिलिजसँगै विवादमा मुच्छिदै आएको थियो । फिल्ममा अंग्रेजसँग पे्रम देखाएको भन्दै विवाद चर्किएको थियो । फिल्म रिलिज भएपछि उक्त विवाद उचित नरहेको भारतिय मिडियामा उल्लेख गरिएको छ । फिल्ममा कंगना रनावत, अतुल कुलकर्णी, अंकिता लोखन्डे, जिस्सु सेनगुप्ता लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha