आँचलले माफि माग्दा पलले लेखे यस्तो स्टाटस

गत शुक्रबार ‘दालभात तरकारी’ फिल्मको गीत रिलिज कार्यक्रममा नायिका आँचल शर्माले पत्रकारसँग माफि मागेकी थिइन् । यस विषयमा नायक पल शाहले खण्डन गरेका छन् । भिडियो हेर्नुस् :

उनले माफि माग्न लगाउँदैमा समस्याको हल नहुने फेसबुक मार्फत बताएका छन् । उनले लेखेका छन्, ‘माफ मगाउँदैमा र माफ माग्दैमा कुनै पनि समस्याको हल हुँदैन । रातको ११– १२ बजेसम्म एयरपोर्टमा अन्तर्वार्ताको लागि बस्नु भनेको उहाँहरुको आफैको काम हो भन्ने बुझ्न जरुरी छ ।’ साथै उनले कलाकारको लागि हामी रातभर एयरपोटएमा बस्यौं भनेर गर्जिनु कतीको उपयुक्त छ ? भनेर प्रश्न समेत उठाएका छन् । कलाकारसँग कसरी प्रस्तुत हुने पनि सिक्ने कि ? नबुझको कुरा भन्दै पोस्ट गरेका छन् । सामाजिक सञ्जालमा आँचलका फ्यानहरु पत्रकार माथि आक्रोसित भएका छन् ।

एक सञ्चारकर्मीले अन्तर्वार्ता दिन नमानेको भन्दै ‘तपाईहरुको भलोको लागि हामी राती ११–१२ बजेसम्म एयरपोर्टमा बस्छौं तर हामीले अन्तर्वार्ता लिन खोज्दा समय नहुने के तपाईहरुको मुड अनुसार हामी चल्नु पर्ने हो ? भन्ने प्रश्न जवाफमा उनले म्युजिक भिडियो नि आइरहेको छ, अन्तर्वार्ता पनि आउदा दर्शकलाई कति आँचल शर्मा मात्र आएको भन्ने हुन्छ भनेर अन्तर्वाता नदिएको बताएकी थिइन । उनले मैले तपाइहरुको चित्त दुखाएको भए माफ पाँउ भनेकी थिइन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha