गोवामा ‘गीत गजल’को गीत छायाँकन

फिल्म ‘गीत गजल’को हाल गोवामा गीतको धमाधम छायांकन भैरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा फिल्मको गीत खिचिएको बताए । छायांकन भैरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिदै छ ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन भैरहेको गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ । छ कि छैन् थाहा बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ ।

आरोहण क्षेत्रीले निर्माण गरेको फिल्म मा गीत गजलमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
निर्देशक नितिन चन्दले आफुले फिल्मको गीतलाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी नछोडेको बताए । छायांकनरत गीतलाई सुरेश काफ्लेले छायांकन गरिरहेका छन् ।

सिनेमामा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha