कृष्ण काफ्लेको ‘आमा’ रिलिज ( भिडियो )

गायक कृष्ण कालेको आवाज रहेको निकै मार्मिक गीत ’आमा’ सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो मङ्गलवार एम.बी क्रीयसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । भिडियो हेर्नुस् :

सार्वजनिक भिडियोमा बिदेशिएका नेपालीहरूले आफ्नो आमा र मातृभूमिलाई गर्ने मायालाई निकै प्रस्ट रूपमा प्रस्तुत गरिएको छ । कृष्ण काफ्लेको आवाज रहेको गीतलाई मनिष बसिष्ठले रचना गरेका हुन् भने कम्पोज पुरुषोत्तम न्यौपानेले गरेका हुन् । गीतमा सङ्गीत संयोजन उदय राज पौडेलको रहेको छ ।

निकेश खड्का निर्दे्शित उक्त भिडियोमा कलाकार सहिन प्रजापति र शारदा अधिकारी फिचर छन् । उत्तम हुमागाईंले खिचेको उक्त गीतलाई प्रविन श्रेष्ठले सम्पादन र कलर गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha