१ नम्वरमा ‘दालभाल तरकारी’को ‘भिजिट भिसामा’

फिल्म ‘दालभात तरकारी’को ‘भिजिट भिसामा’ बोलको गीत युटुब ट्रेन्डिङ्ग शिर्ष स्थानमा उक्लिाएको छ । यो गीत युटुब सँगै टिकटकमा पनि हिट भैरहेको छ । गीत हेर्नुस् :

यो गीत युटुबमा १८ लाख भन्दा बढिले हेरिसकेका छन् । गीतले दर्शकको सकारात्मक प्रतिकिया बटुलिरहेको छ । निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको गीतमा आँचल शर्मा, पुष्प खड्का, निरुता सिंह, हरिवंश आर्चाय, वर्षा राउत, राजाराम पौडेल फिचर्ड छन् । पुष्प र आँचलसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

हरिवंश आर्चायको शब्द रहेको गीतमा सम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । संगीत समायोजन रिकेश गुरुङको रहेको भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । कमेडि जनराको फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् । गीत रिलिजको भिडियो हेर्नुस् :

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्म दालभात तरकारीलाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् ।

दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् । फिल्म वैशाख १३ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha