धुर्मुस सुन्तलीले गौतमबुद्ध रंगशाला २ वर्षमा बनाउने

हाँस्य व्यांग्य कलाकार तथा समाज सेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्ने भएको छ । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच सम्झौतापत्र हस्ताक्षर गरिएको हो । भिडियो हेर्नुस् :

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ नामक रंगशाला करिब ३ अर्ब लगानीमा दुई वर्ष भित्र निर्माण हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथै देशका मन्त्री, विशिष्ट नेता, कलाकार बिचमा रंगशाला निर्माणको औपचारिक घोषणा भएको हो । त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकाय अन्तर्गत रहेको २० बिघ्घा ६ कठ्ठा जग्गामा रंगशाला निर्माण हुनेछ । रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने बताइएको छ ।

रंगशालामा क्रिकेटसँगै अन्य खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने बताइएको छ । अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै रंगशाला निर्माणका लागि साढे तीन करोड बढी सहयोग जुटेको छ । कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ । देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउण्डेशनका अध्यक्ष धुर्मुसले बताएका छन् । यसअगाडी भूकम्प, बाढी पिडित तथा प्रकोपमा परेका जनताका लागि एकीकृत नमुना बस्ती निर्माण गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha