सलिनको ‘यात्रा’ मा सलोन भिलेन (टिजर हेर्नुस्)

सलिनमान बँनिया स्टारर फिल्म ‘यात्राः अ म्युजिकल भल्ग’को टीजर सार्वजनिक भएको छ । बिहिबार काठमाडौमा एक कार्यक्रम आयोजना गर्दै टीजर सार्वजनिक गरिएको हो । टिजर :

टीजरमा यात्राले ल्याउने परिस्थितिलाई देखाइएको छ । सलोन बस्नेतको भिलेन अवतारलाई पनि टीजरमा समावेश गरिएको छ । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनमान बँनिया, सलोन बस्नेतका साथै जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहेको फिल्मलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । सञ्जय लामाले छायाँकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् । फिल्ममा सुगम पोखरेल, मेलिना राई, प्रेक्षा बज्राचार्य, सुरेश लामा, उपकार पाण्डे, भारतिय गायक धर्मेन्द्र सेवानको गायन, सम्भुजित बास्कोटा, प्रतिक पौडेल, भारतिय संगीतकार कोबिद बज्रको संगीत, हिमाल केसीको द्वन्द्व, प्रविन सिंहको कोरियोग्राफी रहेको छ । फिल्म चैत्र २९ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha