‘गोपी’, ‘रणवीर’ र ‘सय कडा दश’ रिलिज

माघ १८ गते, शुक्रबार हलमा तीन नेपाली फिल्म प्रर्दशन भएका छन् । गोपी, रणवीर र सय कडा दश एक साथ हलमा प्रर्दशन भएका हुन् ।
गोपी

यो फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भुमिका रहेको छ । साथै प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।
निर्देशक दिपेन्द्र लामामा कथालाई पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । गोविन्द राईको कोरियोग्राफी, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मले स्वरोजगारको विषयलाई मुख्य कथा बनाएको छ ।
रणवीर

एक्सन र थ्रिल फिल्ममा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको रहेको छ । महेश पौडेलले छायाँकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् ।

सय कडा दश
भष्टाचार विरुद्ध मुख्य विषय बनाइएको फिल्ममा राजाराम पौडेल, मनोज गुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव नयौपानीको लगानी रहेको छ ।

रज्जु प्रधानको कथालाई निर्देशक रामशरण पाठकले पटकथा तथा संवाद तयार पारेका छन् । कल्याण सिंह र जुगोल डंगोको संगीत, रामश्वर कार्कीको छायांकन, दिलिप ओखेडाको कोरियोग्राफी, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha