‘शुभ लभ’ का नायक विवेकशील साझा पार्टी प्रवेश

फिल्म शुभ लभ का नायक हरिहर अधिकारी विवेकशील साझा पार्टी प्रवेश गरेका छन् । युवा ज्योतिष समेत रहेका अधिकारीले शनिबार विवेकशील साझामा औपचारिक पार्टी सदस्यता लिएका हुन् ।

हरिहरलाई विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी कार्यालय प्रांगणमै पार्टी सदस्यता पत्र हस्तान्तरण गरे । संयोजक मिश्रले स्थापित व्यक्तित्वहरुको पार्टीप्रतिको सकारात्मक धारणा र साथ समर्थनले उर्जा थपिएको बताए । पार्टीका गण्डकी संयोजक महेश भण्डारीले युवाहरुका आइडल, ज्योतिष क्षेत्रका हस्ती पार्टीमा प्रवेश हुनु अत्यन्त खुशीको कुरा भएको उल्लेख गरे । हरिहर र गायक निशान भट्टराई सँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

हरिहर अभिनित पहिलो फिल्म ‘शुभ लभ’ चैत १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको फकाउने गीत सार्वजनिक भएको छ । गीत हेर्नुस :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha