‘बुलबुल’को मार्मिक लिरिकल गीत रिलिज (भिडियो)

फिल्म बुलबुलको दोश्रो गीत सार्वजनिक गरिएको छ । शनिबार काठमाडौको भृकुटी मण्डपमा दर्शकमाझ कार्यक्रम गर्दै ‘जाद्रै बस्यो दिल’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । फिल्मकी मुख्य पात्र स्वस्तिमा खड्का प्रस्तुत गीतको भिडियो हेर्नुस् :

गीतको लिरिकल भिडियोमा स्वस्तिमा सँगै लक्ष्मी वर्देवा, दिपक क्षेत्री र बाल कलाकारको केही झलक देख्न सकिन्छ । बुलबुलको सार्वजनिक गीत मार्मिक छ । यो मार्मिक गीतमा रजिना रिमालको स्वर, मणिकला पौडेलको शब्द तथा उदय राज पौडेल र उद्गम परियारको संगीत छ । भिडियो हेर्नुस् :

बिनोद पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म बुलबुलमा मुकुन स्वस्तिमा, लक्ष्मी, दीपकका साथसाथै मुकुन भुषाल, जोयस पाण्डे, उज्वल अधिकारी, एलिना कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डे लगायतको लगानी रहेको छ । ‘बुलबुल ’का कार्यकारी निर्माता राजाराम दाहाल हुन् । फिल्म फागुन ३ गतेबाट रिलिज हुँदैछ । प्रदर्शन मिति नजिकिएसँगै बुलबुलको प्रचार प्रसार तिव्र पारिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha