सुनिल थापाले ‘रणवीर’को तुलना बलिउडसँग गरे

गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ लाई राम्रो प्रतिक्रिया मिलिरहेको छ । रिलिजको पुर्व सन्ध्यामा गरिएको प्रिमियरमा पनि यो एक्सन फिल्मको प्रशंसा भएके थियो । प्रिमियरको भिडियो हेर्नुस् :

गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको रणवीर लाई हेर्ने जतिले साउथ इण्डियन फिल्मसँग तुलना गरेका छन । फिल्मलाई फिल्मकर्मी तथा मिडियाकर्मीले तारिफ मिलिरह्दा नै गत शुक्रबार राजधानीमा आयोजित क्याप्टेन ट्रेलर रिलिज कार्यक्रममा सुनिल थापाले पनि दिल खोलेर तारिफ गरे । प्रिमियरमा फिल्म हेरेका सुनिलले फिल्मको स्तर बलिउड बराबरको रहेको बताए ।

‘फिल्म निकै राम्रो बनेको छ, यो बलिउडको ए ग्रेडको फिल्म झैँ लाग्छ’ उनले भने ‘फिल्म हेर्नुस र फिल्मको बारेमा बोल्नुस, यस्ता फिल्मले हाम्रो स्तर बढाउछ ।’ उनले पछिल्लो समय बलिउडको स्पोर्ट्स ड्रामा ‘मेरिकोम’ मा काम गरेका थिए । फिल्ममा सुशील सिटौला, प्रशान्त ताम्राकार , सुवेक्षा खड्का, सुपुष्पा भट्ट, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha