सिनेम्याटोग्राफर हरि हुँमागाईंको निर्देशनमा ‘सरौतो’

फिल्म ’सरौतो’ घोषणा गरिएको छ । एक्सन जनरामा बन्ने फिल्मलाई हरी हुमागाईले निर्देशन गर्नेछन् । सिनेम्याटोग्राफर हुँमागाईंले केहि विज्ञापन र भिडियो निर्देशन गरिसकेका छन् । उनले भिडियोपछि फिचर फिल्म निर्देशनमा हात हालेका हुन् ।

स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह (निर्माताको रुपमा श्री महर्जन रहेका छन् । घोषणा कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्त वीर लामाले शुभकामना दिए । एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी मोक्तान , सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुँमागाईको छायांकन, राजकुमार उप्रेतीको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ ।

फिल्मको छायांकन माघ २२ बाट सुरु हुनेछ भने यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha