दीपकले दिए दर्शक हराएको सूचना…!

आइतबार बिहान निर्माता तथा अभिनेता दीपकराज गिरीले आफ्नो फेसबुकमा वान लाइन अपुरो स्टाटस पोस्ट गरे । दर्शक हराएको सूचना… भनी दीपकले लेखेको स्टाटसमा सोमबार मध्यान्ह्सम्म करिब साढे चार हजार कमेन्ट आएका छन् ।

प्रतिक्रिया मध्ये निर्देशक दिनेश राउत दिपकको स्टाटसमा लेख्छन्, ‘हराएका दर्शकहरु दशैंमा भेटिने छन कि, छक्का पज्जा चार दशैं र तिहार भनेसी !’ दीपकको स्टाटस र दिनेशको प्रतिक्रियाको सिधा अर्थ, हाल हलमा दर्शक छैनन्, हलमा दर्शक तान्न बहुप्रतिक्षि फिल्म रिलिज हुनु पर्दछ । दिपकले लेखे जस्तै के हलमा दर्शक हराएकै हुन् त ?

वितरक गोपाल काजी कायस्थले पनि आइतबारै आफ्नो फेसबुक स्टाटसमा हलमा दर्शक नभएको उल्लेख गर्दै चलिरहेका फिल्मलाई व्यांग्य हानेका छन् ‘हलमा दर्शक नभएर झिंगा धपाउँदै । हलमा दर्शक आउनको लागि फागुन १७ नै कुर्नु पर्ने भो । जय क्याप्टेन !’

गत शुक्रबार देखि हलमा तीन नेपाली फिल्महरु प्रदर्शनरत छन् । ‘गोपी’, ‘रणवीर’ र ‘सय कडा दश’ले दर्शक तान्न नसकेको वितरक र निर्माताको फेसबुक स्टाटसले प्रष्टै हुन्छ ।

अब के हलमा दर्शक आउन ‘क्याप्टेन’ या ‘छक्का पञ्जा ४’ नै लाग्नु पर्ने हो त ? बिचका अन्य फिल्मले कत्तिको दर्शक तान्लान् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha