आर्यन र सपनाको पहिलो सन्तान जन्मदै

खुसीको खबर । नायक आर्यन सिग्देल पिता बन्ने भएका छन् । बिहे भएको करिब ४ बर्षपछि आर्यन पिता बन्ने भएका हुन् । श्रीमती सपना भण्डारीले फागुनको अन्तिममा पहिलो सन्तानलाई जन्म दिने खबर यसै साता बाहिरिएको हो ।

आर्यनले सपनासँग वि.सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । बिहे भएको लामो समपछि आर्यन र सपनाले सन्तान जन्माउने निधो गरेका हुन् । आर्यन भने यतिबेला फिल्म ‘हजार जुनी सम्म’ को छायांकनको लागि सिक्किममा छन् । केही दिन अगाडी सपना भेट्न उनी काठमाण्डौं आएका थिए । आर्यन र सपनालाई सन्तान लाभको अग्रिम शुभकामना । यो भिडियो पनि हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha