चितवन रेड कार्पेट प्रिमियरमा ‘संरक्षण’ को तारिफ

यही शुक्रबार साउन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘संरक्षण’ को बुधबार चितवनमा प्रिमियर गरिएको छ । जल्मा हलमा गरिएको मल्टीस्टारर फिल्मको रेड कार्पेट प्रिमियरमा नायिकाद्वया मलिना जोशी र नकमीर्, निर्माताद्वाय प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुसान्त श्रेष्ठ लगायत उपथिती रहेको थियो ।

संरक्षणको प्रिमियरमा सहभागीले फिल्मको तारिफ गरेका छन् । तराईको राजनीतिलाई जस्ताको त्यस्तै पर्दामा उतारिएको प्रिमियरमा सहभागीको भनाई छ । फिल्ममा निखिल उप्रेती र सौगात मल्ल, रमेश रंजन झा, मलिना, अशिष्मा, प्रमोद, राज, रेखा शाह लगायतको अभिनय रहेको छ । सौगात र निखिल भने चितवनको प्रिमियरमा सहभागी भएनन् । परवेश मल्लिकको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘संरक्षण’ मा हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको छ ।

संरक्षण टिमसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha