मायालाई फकाउँदै रणवीर (गीत रिलिज)

प्रदर्शनरत फिल्म ‘रणवीर’ मा समावेश ‘ढुकुरान्चडी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायक सुशिल सिटौलाले नायिका सुपुष्पा भट्टलाई फकाउँदै गरेको देख्न सकिन्छ । फिल्ममा सुशिल रणवीर र सुपुष्पा माया को भूमिकामा प्रस्तुत छन् । गीत हेर्नुस् :

यस गीतमा धनगढीको प्रख्यात देउडा सुन्न सकिन्छ, जसका सर्जक नरेन्द्रराज रेग्मीले हुन् भने यसमा प्रताप दास, चक्र बम र सतिसको स्वर रहेको छ हने यसलाई अमित श्रेष्ठले कम्पोज गरेका हुन् । यसमा अमित र हर्क साउदको लिरिक्स रहेको छ । गीतलाई धनगढीको रमणीय दृश्यमा छायांकन गरुइएको छ । सुशिल, सुपुष्पा र शुभेच्छासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

फिल्ममा सुशील र सुपुष्पासँगै सुवेक्षा खड्का, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्म ‘रणवीर’लाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha