चार पोस्टरमा ‘रुमालै छ चिनो’

फिल्म ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक गरिएको छ । यसअघि ट्रेलर र गीत रिलिज भइसकेको यो फिल्मको सार्वजनिक चार पोष्टरमा मुख्य भूमिकामा रहेका नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् । फिल्म आउँदो फागुन १० गतेबाट प्रदर्शनमा आउँदैछ ।

दिनेश सिंह ठकुरी निर्देशीत यो फिल्म काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण गरिएको हो । ज्योती फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ ।

निर्देशक ठकुरीले फिल्मको पोष्टर रिलिज सँगै अहिले मिक्सिङको काम भइरहेको जानकारी गराए । ‘अहिले पोष्टर रिलिज गरेसँगै पोष्ट प्रोडक्सनको काम गरिरहेका छौं, साथै पोष्टरहरु सबैहलहरुमा पुगिसकेको छ’ ठकुरीले जानकारी दिए ।

यसअघि अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर रहेको ‘ए माया…’ बोलको गीत सार्वजनिक भइसकेको छ भने आउँदो शुक्रबार अर्को बियोगान्त गीत सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशक ठकुरीले जानकारी दिएका छन् ।

बिनोद सापकोटाले छायांकन र शिब थारुले सम्पादन गर्ने यो चलचित्रमा सुशान्त र अप्सनाको साथमा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रेशम थापाको कथा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha